काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाएका छन् ।
अध्यक्ष प्रचण्डले पार्टी मुख्यालय धुम्बाराहीमा बुधबार ९ बजेका लागि बैठक बोलाएका हुन् । मंसिर ४ गते नेकपाको सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएपछि उनले पहिलो पटक सचिवालय बैठक बोलाएका हुन् ।
समसामयिक विषयमन छलफल गर्न बैठक बोलाइएको नेकपाले जनाएको छ ।
गत मंगलबार ओलीको मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
