काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बैठक मंसिर २६ गते दिउँसो १ बजेका लागि बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरु सहभागी हुने बैठकमा चुनावी समीक्षा, पार्टीको आगामी रणनीति लगायतका विषयमा छलफल हुने बुझिएको छ ।
उपनिर्वाचनपछि काँग्रेसको पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । उपनिर्वाचनमा काँग्रेसले एक प्रदेशसभा र एक उपमहानगरपालिकासहित १३ स्थानमा विजय हासिल गरेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
