काठमाडौं । तेह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत जारी खेलमा नेपालले भुटानलाई ४ गोलको अग्रता लिएको छ।
खेलको ७६ मिनेटमा मिक्चेन तामाङले फ्रि-किकमार्फत अर्को गोल थपेपछि नेपालले फराकिलो गोल अन्तरले अग्रता लिएको हो।
दोस्रो हाफमा ६५ मिनेटमा अभिषेक रिजालले तेस्रो गोल थपेपछि नेपालले अग्रता फराकिलो पारेको हो। पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफको ५२ मिनेटमा अर्को गोल थपेको हो।
पहिलो हाफको पाँच मिनेटमा नेपाली टोलीका सुजल श्रेष्ठले गोल गरी अग्रता दिलाएका थिए। दोस्रो हाफको ५२ मिनेटमा पनि श्रेष्ठले नै अर्को गोल थपेका थिए।
यससँगै नेपालले सागको पहिलो खेलमा नेपालले जितको खाता खोल्ने लगभग पक्का भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
