काठमाडौं । धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई निर्वाचित भएका छन् । उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले पराजित गरे ।
तिलकले २६ हजार ७०९ मत पाउँदा प्रकाशले भने २३ हजार ९१४ मत पाए । धरानमा कांग्रेसको यो बहुदलपछि पहिलो जित हो । 
०७४ को स्थानीय निर्वाचनमा तारा सुब्बा तत्कालीन एमालेको तर्फबाट मेयरमा निर्वाचित भएका थिए । उनको निधन भएपछि रिक्त मेयर पदका लागि शनिबार त्यहाँ उपनिर्वाचन भएको थियो ।
२०४८ सालदेखि यस क्षेत्रमा नेकपा विजयी हुँदै आएको थियो । २०४८ सालको आमनिर्वाचनमा जित सुनिश्चित गर्न भन्दै तत्कालिन (एमाले) का अध्यक्ष मनमोहन अधिकारी यही क्षेत्रबाट चुनाव लडेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
