बागलुङ २ ‘ख’ मा राष्ट्रिय जनमोर्चाका उम्मेदवार विजयी

बागलुङ । बागलुङ क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ मा भएको उपचुनावमा वामगठबन्धनले विजयी हासिल गरेको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको समर्थन पाएको राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीले नेपाली कांग्रेसका उम्मेदवार जित शेरचनलाई २ हजार ९७ मत अन्तरले पराजित गरेका हुन् ।

Advertisement

शाहीले ११ हजार २३५ मत प्राप्त गरे भने शेरचनले ९ हजार १ सय ३८ मत प्राप्त गरे । यस क्षेत्रमा २०७४ को प्रदेश सभा निर्वाचनमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको समर्थनमा बामगठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीले ११ हजार ८ सय ८४ मत प्राप्त गरी विजयी भएका हुन् ।

त्यसबेला पनि घर्तीका प्रत्यासी रहनुभएका कांग्रेसका शेरचनले ८ हजार ६ सय ६४ मत प्राप्तगरेका थिए ।

More News last news
Loading...