पाँचथर । फाल्गुनन्द गाँउपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वीरबहादुर कुरुम्बाङ विजयी भएका छन् ।
मतगणना अनुसार कुरुम्बाङले ५ हजार ३ सय ६९ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बृर्जजहाङ आङदेम्बेले ४ हजार ५ सय ६३ मत प्राप्त गरे ।
यस्तै, समाजवादी पार्टीकी विमला आङदेम्बेले ३ सय २० मत, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितेन चेम्जोङले २ सय ४० मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुसुहाङ चेम्जोङले २८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का मोतिप्रसाद आङदेम्बेले ७५ मत, राष्ट्रिय जनमुक्ति पार्टीका इच्छाबहादुर चेम्जोङले २८ मत, मंगोल नेशनल अर्गनाइजेसनका उदय सुनुवारले १२ मत प्राप्त गरे ।
अध्यक्ष पदमा निर्वाचित कुरुम्बाङ विसं २०७४ सालको चुनावमा नेपाली कांग्रसेका स्व. अमरकुमार नेम्बाङसँग ७ सय ९६ मत अन्तरले पराजित भएका थिए । गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङको निधनपछि यहाँ उपचुनाव भएको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
