दाङ । घोराही उपमहानगरपालिकाको वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका ताराबहादुर डिसी १२१८ मतका साथ विजयी बनेका हुन् । डिसीका प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुरेश बहादुर केसीले १११७ मत प्राप्त गरेका छन् ।
निर्वाचनमा स्वतन्त्र उम्मेद्वार दर्ता गरेका नेकपाका बागी जगलाल चौधरीले ७२० मत ल्याएका थिए।
त्यस्तै संघीय समाजवादीकी विमला पुनले ३१, राप्रपाका प्रकाश के।सी। ले १९, नेशनल मंगल ओर्गाइजेशनका पहलमान आलेले ३० र स्वतन्त्र उम्मेद्वार समीर वलीले २३ मत ल्याएका छन्।
दाङ नेकपाका स्थायी समिती सदस्य तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको गृह जिल्ला हो। त्यहाँ उम्मेद्वारी चयनदेखि नै नेकपामा चरम विवाद थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
