काठमाडौं। शनिबार भएको धरान उप महानगरपालिकाको निर्वाचनमा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसबीच कडा प्रतिश्पर्धा भइरहको छ।
सुरुमा नेकपा उम्मेद्वार प्रकाश राईले अग्रता लिएपनि पछिल्लो मत परिणाम अनुसार प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका उम्मेद्वार तिलक राईले अग्रता लिएका छन्।
काग्रेस उम्मेद्वार तिलक राईले ६ हजार ७ सय ५६ मत पाएका छन् भने नेकपा उम्मेद्वार प्रकाश राईले ६ हजार ४ सय २३ मत प्राप्त गरेका छन्। नेकपा उम्मेद्वार भन्दा कांग्रेस उम्मेद्वारले ३३४ मत बढी पाएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
