पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर–२ मा मतगणना जारी छ ।
पछिल्लो परिणाम अनुसार नेकपा उम्मेदवार विद्या भट्टराई दोब्बर मतले अग्रता लिएकी छिन् । उनले ८ हजार २६५ मत ल्याउँदा काँग्रेस उम्मेदवार खेमराज पौडेलले ३ हजार ६८२ मत ल्याएका छन् ।
दुईबीच ४ हजार ५ सय ८३ मतको अन्तर रहेको छ । यता, समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङले १७२ मत ल्याउँदा साझा पार्टीकी रजनी केसी ९० मतमा सिमित छिन् ।
राप्रपाका रोमबहादुर भण्डारीले १८६ मत ल्याएका छन् । हालसम्म १२ हजार ६ सय २६ मत गणना भएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
