पोखरामा ढिस्कोमा पुरिएर एकै गाउँका पाँचको मृत्यु

पोखरा । पोखरा महानगरपालिका–२० मौजामा नाली खन्ने क्रममा पुरिएर ५ जनाको मृत्यु भएको छ । ढिस्को पुरिएर मृत्यु हुने सबै एकै गाउँका हुन् ।

सडकको नाली खन्ने क्रममा पुरिनेमा खिमलाल ओली, गणेश ओली, बिजबहादुर बस्नेत, जोगेन्द्र बुढाथोकी, र दोभान बस्नेत रहेका छन् । नाली खन्ने क्रममा एक्कासी ढिस्कको खसेर उनीहरु पुरिएका थिए । नाली खन्न मजदुर ७ मध्ये खिमलाल बस्नेत भागेर बाँच्न सफल भएका छन् ।

Advertisement

पुरिने मजदुर सबै सल्यानको बागचौर नगरपालिका–४ पेदीखोला स्थायी ठेगान भई हाल पोखरामा मजदुरी गर्दै आईरहेका थिए ।

पुरिएका ५ मध्ये तोभान बस्नेत, खिमलाल बस्नेत र गणेश ओलीको शव झिकीसकेको वडाध्यक्ष गुुरुङले जानकारी दिए । उद्दारका लागि सशस्त्र प्रहरी र आर्मी पनि खटिएको छ । बाँकी २ को शव निकाल्ने क्रम जारी छ ।

More News last news
Loading...