काठमाडौँ । रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ।
रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार जनकबहादुर बुढा मगर विजयी हुनु भएको छ।
उहाँ १ सय ७४ मत प्राप्त गरी वडाअध्यक्षमा विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका कलमबहादुर रोका मगरले २६ मत प्राप्त गर्नुभयो । २ सय ९ मत खसेको थबाङ १ मा ९ मत बदर भएको छ ।
आज भएको उपचुनावमा २ सय ९ जनाले मात्रै मतदान गरेका थिए । १ हजार २ सय ७४ जना मतदाता रहेको वडामा २ सय ९ जनाले मात्र मतदान गरेको मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।
थबाङ १ मा स्वतन्त्रबाट भद्रकुमार झाँक्रीले उम्मेदवारी दिए पनि सहमति हुन नसकेको भन्दै उम्मेदवारी फिर्ता लिनुभएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
