काठमाडौं । अर्घाखाँचीको सन्धीखर्कमा भएको बस दुर्घटनाप्रति नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।
बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै हिजो (बुधबार) भएको उक्त दुर्घटनामा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
‘सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २१४८ नम्बरको बस बुधबार अपराह्न सन्धिखर्क नगरपालिका–६, नरपानीमा दुर्घटना भएको खबरले निकै मर्माहित भएको छु ‘, उनले भनेका छन्, ‘दुर्घटनामा परेर निधन भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गर्दछु ।’
उनले दुर्घटनामा परेर घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुको साथै घाइतेहरूको जतिसक्दो चाडै सुविधा सम्पन्न अस्पतालमा उपचारको प्रबन्ध मिलाउन सरकारसँग अनुरोध समेत गर्नु भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
