प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । ओलीले पुनर्गठनमा नयाँ अनुहार समावेश गरेका छन् भने केही पुरानैलाई निरन्तरता दिएका छन् भने केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् ।
प्रधानमन्त्री ओलीको सिफारिसअनुसार राष्ट्रपति कार्यालयले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेको जानकारी गराएको छ । राष्ट्रपति कार्यलयमा सिफारिस पठाइए पनि मन्त्रीले शपथ ग्रहण भने गरेका छैनन् । नयाँ मन्त्रीको शपथ ग्रहण कार्यक्रम बिहीबार बिहान राखिएको छ।
नयाँ सूचीमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बाँस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत् राखिएको छ।
उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाल्दै आएको स्वास्थ्य मन्त्रालय नेकपाका भानुभक्त ढकाललाई दिइएको छ। उपेन्द्रलाई कानुन मन्त्रालयको मात्र जिम्मेवारी दिइएको छ।
तत्कालीन एमाले कोटाबाट सरकारमा सामेल मन्त्रीमा भौतिकपूर्वाधामन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई हटाइएको छ ।


![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
