नक्सा विवादः तत्काल भारतसँग सम्बाद गर्ने सर्वदलिय बैठकको निर्णय

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वपक्षीय बैठकमा सहभागी नेताहरुले कालापानी नेपालको हो भन्नेमा कुनै विवाद नभएको बताएका छन् । तर अहिले भारतले आफ्ना नक्सामा समावेश गरेको भन्दै तत्काल भारतसँग सम्वाद गर्न सुझाएका छन् ।

भारतले हालसालै जारी गरेको नक्सामा कालापानी, लिपुलेक र लिम्पयाधुरालाई आफ्नो भूभाग भनेको छ। त्यसको नेपालमा चर्को विरोध भइरहेको छ। सरकारले पनि लिपुलेक नेपाली भूभाग भएकाले एकपक्षीय रुपमा जारी भएको भारतीय नक्सा स्वीकार्य नहुने बताएको छ।

Advertisement

तर भारतले आफ्नो भूभागलाई समेटेर नक्सा जारी गरेको स्पष्टीकरण दिएपछि प्रधानमन्त्रीले सार्वपक्षीय बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सहभागी नेताहरुले कालपानी नेपालको हो भन्नेमा सबैको साझा मत रहेको बताएका छन्।

सरकारले लिएको अडान सही भएको पनि उनीहरुले बताएका छन्। तर वक्तव्य मात्र जारी गरेर नपुग्ने भन्दै तत्काल भारतसँग सम्वाद गर्न सुझाएका छन्।

More News last news
Loading...