गण्डकी प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण

पोखरा । नवनियुक्त गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले आज पदभार ग्रहण गरेका छन।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट मङ्गलबार शपथग्रहण लिनुभएका शेरचनले शहीदचोकस्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण समारोहमा प्रदेश प्रमुख शेरचनले राष्ट्रियता, सार्वभौमिकता तथा राष्ट्रिय अखण्डता जोगाउनका लागि सबै नेपाली एक हुनुपर्ने बताए।

Advertisement

सङ्घीयताको सफल कार्यान्वयन अहिलेको प्रमुख आवश्यकता भएको औल्याउदै उनले परिवर्तित व्यवस्थालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिए।

सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको सङ्घीयता नेपालको मौलिकता भएको उल्लेख गर्दै उनले भने, “हाम्रो जस्तो सङ्घीयता अन्य मुलुकमा छैन, यसमा चुनौती आउन सक्दछ त्यसका लागि हामी सबै एकताबद्ध हुन जरुरी छ।”

More News last news
Loading...