कास्की–२ निर्वाचन : धनराज गुरुङ पछि हटे, अब को बन्ला उम्मेद्वार ?

काठमाडौं । कास्की–२ मा हुन लागेको प्रतिनिधिसभाको उप निर्वाचनमा नेपाली कांग्रेसबाट उमेदवार बन्ने रेसमा रहेका काँग्रेस नेता एवं केन्द्रिय सदस्य धनराज गुरुङ पछि हटेका छन् ।

तत्कालिन सांसद रवीन्द्र अधिकारकिो हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त रहेको कास्की–२ मा कसलाई उमेदवार बनाउने भन्ने निर्णय गर्न काँग्रेसलाई हम्मे हम्मे परेको छ । बुधबार गुरुङले उमेदवार छान्न बसेको कांग्रेस पदाधिकारी बैठकमा स्थानीयलाई नै उमेदवार बनाउन सुझाव दिएर उनी पछि हटेको स्रोतले बतायो ।

Advertisement

गुरुङले बैठकमा राखेको विचारबारे प्रवक्ता विश्वप्रकाश शर्माले केहीबेर अघि भने, “उपनिर्वाचनमा कास्की क्षेत्र नं. २ मा केन्द्रीय सदस्य धनराज गुरुङलाई उमेदवार बनाउने भनी सार्वजनिक रूपमा भइरहेको चर्चाका क्रममा पदाधिकारी बैठकमै उपस्थित भएर उहाँले स्थानीय साथीहरूलाई नै उमेदवार बनाउन उपयुक्त हुने राय प्रस्तुत गरेको जनाएका छन् ।

यसअघि पराजित नेता देबराज चालिसे, पुराना कांग्रेस नेता खेमराज पौडेल र विरेन्द्रमान विजुक्छेमध्ये एकले उम्मेवार बन्ने सम्भावना बढेको बताईएको छ ।

More News last news
Loading...