काठमाडौं । लामो समय देखि शिक्षा क्षेत्रको सुधारका लागि डाक्टर गोविन्द केसी अनशन वस्दै आउँनु भएको छ । उहाँ अहिले अनशनका लागि डडेल्धुरा पुग्नु भएको छ।
उहाँको हिजो देखि अनशन सुरु भएको छ । यो बीचमा देशका निजी क्याम्पसहरूले सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरूले माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्।
चितवन मेडिकल कलेज, नेसनल मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज लगायतका विद्यार्थीहरूले मंगलबार दिउँसो माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् ।
विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्न माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले मेडिकल माफियालाई सरकारले कारबाहीको दायराभित्र ल्याउन माग गरेका छन् ।
चिकित्सा शिक्षा संघर्ष समितिले आज मण्डलामा प्रदर्शन गरेको हो । यसको नेतृत्व नेत्र विक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्दले गर्नुभएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
