कैलाली । बसको ठक्करबाट दुईजनाको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्गको पहलवानपुर सडक खण्ड अवरुद्ध पारेका छन् ।
आइतबार भे १ ख १७३२ नम्बरको बसले से ३ प ६३७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय रामबहादुर चौधरी र मानबहादुर चौधरीको मृत्यु भएपछि स्थानीय र आफन्तले घोडाघोडी नगरपालिका १० पहलमानपुरमा सडक अवरुद्ध पारेका हुन् ।
राजमार्ग अवरुद्ध भएपछि सुदूरपश्चिमका विभिन्न स्थानबाट लामो तथा छोटो दुरीका लागि छुटेका र आउदै गरेका दर्जनौ सवारीसाधनहरु राजमार्गमा नै रोकिएका छन् । सयौं यात्रु अलपत्र परेका छन् । आफन्तले मृतकको शव समेत उठाएका छैनन् ।
घटनास्थलमै मुत्यु भएका रामबहादुरको शव सडकमै छ भने उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएका मानबहादुरको शव सेती प्रादेशिक अस्पताल धनगढी छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
