काँग्रेसका निलम्बित सांसद आलमविरुद्ध जन्मकैदको मुद्दा दर्ता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका निलम्बित सांसद मोहम्मद अफताब आलमलाई जन्मकैद माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ ।

 जिल्ला अदालत रौतहटले सोमबार जन्मकैदको माग गर्दै मुद्दा दायर गरेको हो । आलमको मुद्दा ९५ नम्बरमा दर्ता गरिएको छ । समयअभावका कारण थुनछेक बहस भने सोमबार नभई मंगलबारबाट मात्रै हुने भएको छ ।

Advertisement

 १२ वर्षअघि रौतहटमा इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको भन्ने अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने निर्णय गरेको हो ।

सोमबारै आलमलाई जिल्ला अदालत लगिएको छ ।

More News last news
Loading...