७ वटै प्रदेश प्रमुखहरू पदमुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ७ वटै प्रदेशका प्रमुखहरुलाई पदमुक्त गरेकी छिन्। नेपाल सरकारको सिफारिशमा राष्ट्रपति भण्डारीले आज पदमुक्त गरेकी हुन्।

राष्ट्रपति कार्यालय शितलनिवासबाट जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘आज मिति २०७६ साल कात्तिक १७ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६/७र१७ को निर्णयबाट सिफारिस भई आएअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम देहायका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरेकी छन् ।’

Advertisement

More News last news
Loading...