सुकुटे बस दुर्घटना, ज्यान जानेको संख्या १० पुग्यो

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुकुटेमा आइतबार  भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ ।

दोलखाको मागा देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको हो । दश जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेका छन् ।  स्थानीयवासीका अनुसार केही शवहरु खोलाले बगाएको छ । दुर्घटनाग्रस्त बस सुनकोशी खोलामा डुबेको छ । बसमा ४० भन्दा बढी यात्रु सवार रहेको अनुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्ने अनुमान गरिएको छ । उनले  घाइतेलाई सिन्धु सहावहार अस्पताल र गम्भीर घाइतेलाई काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । घटनाको विस्तत विवरण आउन बाँकी छ ।

More News last news
Loading...