काठमाडौँ । डा. भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त भएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको छ । मुटुरोग विशेषज्ञ डाक्टर कोइराला त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहीद गंगालाल हृदय रोग केन्द्रका निर्देशक थिए ।
आइतबारकोे मन्त्रिपरिषद्ले बंगलादेशका राष्ट्रपतिको नेपाल भ्रमणबारे समेत छलफल भएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
