महरा काण्ड : अदालतमा महराले दिए सबै चकित हुने यस्तो बयान, अब के होला ?

काठमाडौं । अनुसन्धानमा असहयोग गरेका निवर्तमान सभामुख कृष्ण बहादुर महराले आफू रोशनी शाहीको कोठामा नगएको बयान दिएका छन् ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जबर्जस्ती करणी प्रयासको अभियोगमा मुद्दा चलाइएका कृष्णबहादुर महराले अदालतमा यस्तो बयान दिएका हुन् ।

Advertisement

शुक्रबार जिल्ला अदालत काठमाडौँको बन्द इजलाशमा बयान लिने क्रममा महराले यस्तो जिकिर गरेको जनाइएको छ । काठमाडौँ जिल्ला अदालतका प्रमुख न्यायाधीश सुदर्शन राज पाण्डेको इजलाशमा बयान चलिरहेको छ ।

महराले अनुसन्धानका लागि, रगत, मोबाइल लगायतका कुराहरु नदिएको भनिएको छ । इजलाश अधिकृत समक्ष दिएको बयानमा उनले शाहीसँग विगतदेखि नै पारिवारिक सम्बन्ध रहेको दावी गर्दै त्यस दिन फोनमा कुराकानी भएको तर आफू उनको कोठामा गएको भन्ने कुरामा सत्यता नभएको स्पष्ट पारेका छन् ।

महरा निकट एक कानुन व्यवसायीका अनुसार महराले आफूलाई फसाउन षड्यन्त्र गरिएको पनि बताएका छन् । प्रहरीले संकलन गरेका प्रमाण झुट्टो भएको महराको दावा छ । महराका अनुसार उनले त्यस दिन मदिरा सेवन गरेका थिएनन् ।

संसदकी कर्मचारी शाहीले आफूसँग कर्मचारी समायोजनको विषयमा केही सरोकार राख्दैआएको पनि महराले स्विकार गरेका छन् । आफुले शाहीका सरोकार पूरा गर्ने सम्बन्धित कुराहरु पुरा गर्न नसकेपछि बदला स्वरुप आवेगमा आएर कपोल्कल्पित आरोप लगाएको उनले स्पष्ट पारेका हुन् । महराको बयान नसकिएकाले उनलाई पुन थुनामै लैजाने तयारी भएको छ ।

आइतबार १० बजे नै अदालतमा हाजिर गराइने छ । त्यस दिन उनको थुनछेक सम्बन्धी बहस हुनेछ । अदालतमा सरकारी वकिल र महराका कानुन व्यवसायीले आआफ्नोपक्ष राख्नेछन् । त्यसपछि इजलाशले महरालाई पुर्पक्षलाई थुनामा पठाउने, धरौटीमा राख्ने वा साधारण तारेखमा छाड्ने विषयमा निर्णय गर्नेछ । यदी महरा यस प्रकरणमा दोषि भएका ५ वर्ष जेल हुनसक्ने बताइएको छ ।

More News last news
Loading...