पूर्व सभासद् कमला सुवेदीको निधन

काठमाडौँ । पूर्व संविधानसभा सदस्य कमला सुवेदीको निधन भएको छ।

ब्रेन ट्युमरको समस्याबाट पीडित सुवेदीको पूर्वसभासद कमला सुवेदीको ५० वर्षको उमेरमा निधन भएको हो।

Advertisement

उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारीक स्रोतले जनाएको छ। सुवेदी तत्कालीन नेकपा एमालेकी केन्द्रीय सदस्य तथा पूर्व संविधानसभा सदस्य हुन्।

उनको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओली, सरकारका प्रवक्ता गोकुल बास्कोटा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलगायतले दुख व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले सुवेदीको निधनप्रति दुख व्यक्त गर्दै सामाजिक सञ्जाल ट्वीटमा लेखेका, ‘संविधानसभा सदस्य तथा तत्कालीन नेकपा (एमाले)का केन्द्रीय सदस्य कमला सुवेदीको अल्पायुमै निधन भएको खबरले अत्यन्त दुःख लागेको छ। दिवंगत सुवेदीप्रति श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

More News last news
Loading...