काठमाडौं । सरकारले भाइटीकाको भोलिपल्ट अर्थात् १३ कात्तिकमा पनि सार्वजनिक बिदा दिने भएको छ। १३ कात्तिकमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले स्रोतले जनाएको छ।
सरकारी क्यालेण्डरमा १३ कात्तिकमा बिदा उल्लेख नभएकाले मन्त्रिपरिषदबाटै निर्णय गराएर बिदाको घोषणा गरिएको मन्त्रालयले जनाएको छ।
यस अघि पञ्चाङ्ग निर्णायक समितिको सिफारिसमा सरकारले कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिने निर्णय गरेको थियो।
नेवाः समुदायको परम्परा अनुसार नेपाल संवत्को नयाँ वर्ष ११४० कात्तिक १२ गते सूर्योदयसँगै मनाउने र बेलुका म्हपूजा गर्ने चलन छ। त्यो दिन नेवाः समुदायले दिनभरी धुमधामसँग नेपाल संवत् मनाउँछन् र बेलुका म्हपूजा गर्छन् ।
पञ्चाङ्ग निर्णायक समितिले बिहान म्हपूजा गर्न तोकेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
