वीरगञ्ज । छोरीलाई बलात्कारको आरोपमा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ।
वीरगञ्ज महानगरपालिका ११ श्रीपुरका ४० वर्षीय युवकलाई पक्राउ गरेको हो । उनले मादक पदार्थ सेवन गरी सोमबार १५ वर्षीया छोरी बलात्कार गरेको प्रहरीले जनाएको छ।
सोमबारको घटनापछि राति ११ बजे टोलमा होहल्ला भएको थियो । मंगलबार बिहान प्रहरीमा उजुरी परेलगत्तै प्रहरीले किशोरीका बाबुलाई पक्राउ गरेको हो।
किशोरीकी आमा रोजगारीका सिलसिलामा कुवेतमा छिन्। घरमा कोही नभएको मौका छोपी विगतमा पनि आफूलाई पटकपटक बलात्कार गरेको पीडित किशोरीले बताएकी छन्। युवकमाथि अनुसन्धान सुरु भएको पर्साका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।
वीरगञ्ज-११ वडा अध्यक्ष प्रधुम्न सेढाईंले छोरीको आरोपपछि प्रहरीले बुवालाई प्रक्राउ गरी लगेको जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
