निलम्बित कांग्रेस सांसद आलमलाई पाँचदिन थुनामा राख्‍न अनुमति

काठमाडौं । हत्या आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका निलम्बित सांसद अफ्ताव आलममाथि अनुसन्धान गर्न पुन: पाँच दिनको म्याद थप गरिएको छ। यसअघि थपिएको सात दिनको म्यादमा अनुसन्धान नसकिएपछि प्रहरीले पुन: पाँच दिनको म्याद पाएको हो।

प्रहरीले अनुसन्धानका लागि सातदिनको म्याद मागेपनि जिल्ला अदालत रौतहटका न्ययाधीस चाडकमणी अर्यालको इजलासले प्रहरीलाई पाँच दिनको म्याद दिएको हो। प्रहरीले आलमलाई हत्या आरोपमा गत आइतबार पक्राउ गरेको थियो।

Advertisement

२०६४ चैत २७ राति रौतहटको राजपुर खरदवामा भएको बम विस्फोटको घटनामा संलग्न भएको उनीमाथि आरोप लागेको छ।

More News last news
Loading...