खुमा फाउण्डेसनको अध्यक्षमा पुन: शर्मा

खुमा अर्याल फाउण्डेसन स्याङ्जाको अध्यक्षमा लेखनाथ शर्मा पुन चयन भएका छन् । शनिबार काठमाडौमा सम्पन्न आठौं साधारण सभा तथा तेस्रो अधिवेसनले पुन शर्माको नेतृत्वमा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा ईन्जिनियर हिमान्शु अर्याल, सचिकृष्ण पौडेल ,कोषाध्यक्षमा पुन छबिलाल अर्याल(दिपक), सहसचिबमा युक्त नारायण अर्याल सदस्यहरु कमल अर्याल गौरव अर्याल चयन भएका हुन् । नव निर्वाचित कार्यसमितिलाई अधिवक्ता सन्तोष पोख्रेसंयोजक तथा सन्तोष कुमार खनाल विश्वास लम्साल सदस्य रहेको निर्वाचन समितिले चयन गरेको हो ।

Advertisement

कार्यक्रमको उद्घाटन गर्दै संरक्षक भेषराज अर्यालले संस्था सबैको साथ सहयोगले यहाँसम्म ईपुग्दा खुसी लागेको भन्दै खुसि व्यक्त गरे । कार्यक्रममा फाउण्डेसनका संस्थापक अध्यक्ष कमलराज ढकाल, सन्जिवनी ग्रुप अफ कम्पनीका प्रबन्ध सन्चालक सन्तोष कुमार खनाल, रामकृष्ण हमाल, युक्तनारायण अर्याल, हिमान्शु अर्याल, कृष्ण पौडेल, विश्वास लम्साल, दिवाकर थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

सो अवसरमा अध्यक्ष शर्माले संस्थाको प्रगति प्रतिवेदन तथा आगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरे भने कोषाध्यक्ष अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । फाउण्डेसनका अध्यक्ष शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सालिकरामअर्यालले स्वागत एवम् कार्यक्रमको सन्चालन सचिव ध्रुव शर्माले गरेका थिए ।

वरिष्ठ उद्यमी खुमा प्रसाद अर्यालद्वारा स्थापित फाउण्डेसन विशेषगरी स्याङ्जा जिल्ला भित्र रहेर जिल्लाभित्रका शिक्षा, स्वास्थ्य, खेलकुद, विपद् र रोजगारीका क्षेत्रमा विगत ८ वर्ष देखि कार्य गर्दै आएको छ ।

More News last news
Loading...