ज्ञानज्योति एकेडेमीद्वारा ४ जिपिए ल्याउने विधार्थीलाई सम्मान

काठमाडौं । ज्ञान ज्योति एकेडेमीले एसईई परीक्षामा ४ जीपिए प्राप्त गर्ने २ विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयले ३७ औं स्थापना दिवस तथा अभिभावक दिवसको अवसरमा उक्त बिधालयबाट ४ जिपिए ल्याउन सफल प्रबन्ध पौडेल र अविनाश पौडेललाई सम्मानित गरेको हो । प्रबन्धले २०८२ सालमा ४ जिपिए प्राप्त गरेका हुन् भने अविनाशले २०८१ सालमा ४ जिपिए प्राप्त गरेका थिए ।

विद्यालयले यस बर्ष एसईई परीक्षामा शतप्रतिशत नतिजा ल्याउन सफल भएको हो । यस बर्ष १७ जना विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए । कार्यक्रममा शैक्षिक क्षेत्रका विशिष्ट ब्यक्ति प्रा. हेमाङ्गराज अधिकारी, विधालयका प्रधानाध्यापक गोबर्धन थापा र विधालयका प्रबन्धक निर्मला थापा (निरू) लगायतको सहभागीता रहेको थियो ।

Advertisement

विधालयले विभिन्न समयमा सन्चालन गरेका विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट रहेका विधार्थीहरूलाई मेडल एवं प्रमाणपत्रबाट पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा स-साना भाइबहिनीहरूको नृत्य प्रस्तुती गरेका थिए ।

More News last news
Loading...