प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा सकिएको छ । निर्वाचन आयोगले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक मत खसेको बताएको छ ।
यता, राष्ट्रपति रामचन्द्र पौडेलले देशभर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएपछि सन्तोष प्रकट गरेका छन् ।
उनले प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएर मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकोभन्दै सन्तोष पनि प्रकट गरेकोप्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
राष्ट्रपति पौडेलले निर्वाचन सफल बनाउन सक्रिय सरकार, निर्वाचन आयोग, सुरक्षाकर्मी, राजनीतिक दल, मतदाता, राष्ट्रसेवक कर्मचारी र सम्बद्व सबै पक्षसहित आम नागरिकलाई धन्यवाद दिएका हुन् ।
यसैबिच, गृहमन्त्रालयले पनि देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको बताएको छ । गृह मन्त्रालयका प्रवक्ता रमाआचार्य (सुवेदी)का अनुसार देशभर शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको छ ।
निर्वाचन आयोगका अनुसार यसपटकको निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता मतदानका लागि योग्य थिए । तीमध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २ सय अन्य मतदाता रहेका छन् भने यसपटक १० लाख नयाँ मतदाता थपिएका थिेए । निर्वाचन आयोगका अनुसार यो निर्वाचनमा कुल मतदाता संख्याको ६० प्रतिशत मत खसेको छ ।
निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थल र २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको थियो । साथै विशेषपरिस्थितिका मतदाताका लागि १ सय ४३ अस्थायी मतदान स्थल समेत स्थापना गरिएको थियो ।
निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन राज्यले कडा सुरक्षा व्यवस्था गरेको थियो । जसका लागि आयोगले विगतकानिर्वाचनजस्तै यसपटक पनि तीन तहको सुरक्षा घेरा लागू गरिएको थियो ।
सबैभन्दा बाहिरी घेरामा नेपाली सेना, बीचको घेरामा सशस्त्र प्रहरी बल र मतदान केन्द्रको भित्री सुरक्षामा नेपाल प्रहरीपरिचालन गरिएको थियो । निर्वाचन सुरक्षाका लागि ७९ हजार ७ सय २७ नेपाली सेना, ७५ हजार ७ सय ९७ नेपाल प्रहरी, ३४हजार ५ सय ६७ सशस्त्र प्रहरी बल, १ हजार ९ सय २१ राष्ट्रिय अनुसन्धान विभाग, १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटाईएको थियो । यसका साथै निर्वाचन व्यवस्थापनका लागि २ लाख १५ हजार सरकारी कर्मचारी परिचालन गरिएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
