नेपाली कांग्रेसले पुरानै घर फर्कन गरेको आग्रहलाई स्विकार गर्दै नेपाली कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित भएको छ ।नेपाली कांग्रेसको चुनावी सभाको क्रममा कांग्रेस (बीपी) समाहित भएको सभापति गगन थापाले जानकारी गराए । काठमाडौंको सामाखुसीमा भएको चुनावी सभामा बोल्ने क्रममा सभापति थापाले कांग्रेस (बीपी)सँग एकता भएको जानकारीगराएका हुन् ।
कांग्रेस (बीपी) को सभापतिमा सुशीलमान शेरचन थिए | पूर्व सभापति शेरबहादुर देउवासँग विवाद बढ्दै गएपछि डडेल्धुराकापूर्व सभापति कर्ण मल्लले कांग्रेस छोडेर कांग्रेस (बीपी) मा आबद्ध भएका थिए ।
डडेल्धुरा कांग्रेसले बीपी कांग्रेसलाई पुरानै पार्टीमा फर्कन अपील गरेको थियो । कांग्रेससँग एकता गर्नका लागि मल्ल सहमतभएका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
