खिलुङ कालिका मार्केटिङ प्रा लि ले आफ्नो छैटौ वार्षिक साधारण सभा तथा सातौ वार्षिकोत्सवको अवसरमा सो कम्पनीको बालकोट शाखामा कार्यरत सेल्समेन कुशल मरासिनीलाई बेस्ट सेल्समेन अवार्डद्वारा अवार्ड सम्मान गरेको छ ।
प्रा लि ले बालकोट शाखामा कार्य गर्दै आएका मरासिनीलाई कार्य कुशलता र प्रा लि मा रहि पुर्याएको योगदानको आधारमा नगद २५ हजार रुपैया सहित बेस्ट सेल्समेन अवार्डले सम्मान गरेको हो ।
मरासिनी विगत २ वर्ष यता खिलुङ कालिका मार्केटिङ प्रा लि बालकोट शाखामा कार्यरत रहदै आएका छन ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
