काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति एवम् सर्लाही ४ का उम्मेद्वार गगन कुमार थापाले नेपाललाई डिजिटल हब बनाउने ७ योजना अघि सारेका छन् । उनले पाँच वर्षभित्र नेपाललाई डिजिटल प्रविधिमा लैजाने प्रतिबद्धता जनाएका छन ।
सोमबार सामाजिक संजालमार्फत एक भिडियो सार्वजनिक गर्दै सभापति थापाले अवको ५ वर्ष भित्रमा चार खर्ब आइटी तथा डिजिटल प्रविधिको निर्यात गर्न सकिने कुरा सम्भव रहेको समेत बताएका हुन् ।
उनले अघि सारेका योजनाहरुमा स्थिर कर नीति, दक्ष जनशक्ति उत्पादन, डिजिटल प्रोड्क्टमा फड्को, अनुसन्धान र विकासमा सहुलियत, एकीकृत डिजिटल इकोसिस्टम, कानुनी सुधार र सामाजिक सुरक्षा साथै हरित उर्जा र आधुनिक प्रविधी लगायतका ७ बुदा छन ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
