काठमाडौं । नेपाल जेसीज बर्ष २०२६ को लागि राष्ट्रिय उपाध्यक्षमा जेसी खगेन्द्र भण्डारी निर्वाचित भएका छन् । नेपाल जेसीजको ५२ औं राष्ट्रिय महाधिवेशनबाट भण्डारी निर्वाचित भएका हुन् ।
नेपाल जेसीजमा लोकप्रिय छवि बनाएका भण्डारी गल्याङ जेसीजको सस्थापक शाखा निर्देशक, उपाध्यक्ष, महासचिव, कानुनी सल्लाहकार कार्यकारिणी उपाध्यक्ष हुँदै बर्ष २०२४ को शाखा अध्यक्ष रहेका थिए ।
भण्डारी नेपाल जेसीज बर्ष २०२५ को ‘नेशनल कमिटी’ को अध्यक्ष पदमा समेत मनोनित भएका थिए । उनले जेसीजको विभिन्न नेतृत्वका साथै स्थानीय स्तरमा विभिन्न समाजसेवा र नेतृत्व बिकासका कार्य समेत गर्दै आएका छन् ।
उनी गल्याङ नगरपालिकाको रोजगार संयोजक अधिकृत छैटौं पदमा कार्यरत समेत रहेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
