रुपा गाउँपालिकामा खुल्ला ‘७ए साइड प्रथम दोभान कप’ हुने

पोखरा l “समाज परिवर्तन हाम्रो अभियान, युवा नेतृत्व दोभानको पहिचान” भन्ने मूल नारासहित खुल्ला ७-साइड प्रथम दोभान कप फुटबल प्रतियोगिता हुने भएको छ।

प्रतियोगिता रुपा गाउँपालिकाको खेल मैदान भिर्चोकमा हुने आयोजक दोभान क्लब, रुपा ५ का अध्यक्ष सुजन श्रेष्ठले जानकारी दिए l

Advertisement

यस प्रतियोगितामा प्रथम हुने टोलीले रु. १,००,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्वितीय हुने टोलीलाई रु. ५०,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै उत्कृष्ट गोलकिपर, डिफेन्डर, खेलाडीलाई आकर्षक ट्रफी दिने व्यवस्था गरिएको छ।

टिम दर्ता शुल्क रु. ६,००० र रु. ५०० (यलो कार्ड) तोकिएको छ। टिम दर्ताको अन्तिम मिति २०८२ मङ्सिर १७ गते साँझ ५ बजेसम्म रहनेछ। खेल २०८२ मङ्सिर १८ गते दिउँसो १२:०० बजेबाट सुरु हुनेछ।

लामो समयदेखि समाजसेवा, खेलकुद र धर्म संस्कृतिको जगेर्ना गर्दै आएको क्लवले यसपटकबाट ७ए साइड दोभान कप फुटबल प्रतियोगिता गर्न लागेको हो l

More News last news
Loading...