लायन्स क्लव काठमाडौं साझा फुलबारीद्धारा पोशाक तथा स्टेशनरी सामाग्री वितरण

काठमाडौं । लायन इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एम अन्तर्गत लायन्स क्लव अफ काठमाडौं साझा फुलबारीले बटुकहरुका लागि पोशाक तथा स्टेशनरी सामाग्री वितरण गरेको छ ।

राजधानीको बुढानिलकण्ठ मन्दिरको परिसरमा रहेको बेद विद्याआश्रममा सम्पन्न कार्यक्रममा उक्त विद्याआश्रमका ४८ जना बटुकहरुलाई पोशाक तथा स्टेशनरी सामाग्री वितरण गरिएको लायन्स क्लव काठमाडौं साझा फुलबारीका अध्यक्ष एम.जे.एफ.लायन प्रकाश शर्माले जानकारी दिए । नवविर्वाचित अध्यक्ष समेत रहेका शर्माले जुलाई १ गते देखि लागु हुने गरि २०२५-२६ का लागि नेतृत्व सम्हालेका हुन् ।

Advertisement

शर्मासँग लायन्स क्लवका विभिन्न तहमा बसेर कार्य गरेको अनुभव छ । कार्यक्रममा क्लवका २०२४-२५ अध्यक्ष एम.जे.एफ लायन आनन्द प्रसाद बुर्लाकोटीले नवनिर्वाचित अध्यक्ष शर्मालाई पद हस्तान्तरण गरेका थिए । कार्यक्रमको प्रमुख अतिथिका रुपमा २०२५-२६ का डिस्ट्रिक्ट गर्भनर पी.एम.जे.एफ. २ डायमण्ड लायन धनीराम बराल रहेका थिए ।

उक्त कार्यक्रममा डिस्ट्रिक्ट फष्ट लेडी एम.जे.एफ लायन बिष्णु बराल, मल्टिपल डिस्ट्रिक्ट मार्केटिङको अर्डिनेटर पी.डी.जी. पी.एम.जे.एफ.लायन महेन्द्र पौडेल, फस्ट भाइस डिस्ट्रिक्ट गर्भनर एम.जे.एफ लायन रत्न प्रसाद पराजुली, मल्टिपल डिस्ट्रिक्ट प्रोटोकल चियरपर्सन पी.डी.जी पी.एम.जे.एफ २ डायमण्ड लायन भीमलाल पौडेल, पी.डी.जी. स्पौस एण्ड को.चिफ एड्भाइजर एम.जे.एफ लायन मन्दिरा खनाल लगायत डिस्ट्रिक्टका सिनिअर पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा लायन धनिराम बराल, लायन रत्न प्रसाद पराजुली र लायन भिम लाल पौड्यालले क्लवको उन्नती, प्रगतीको शुभकामना व्यक्त गरेका थिए । बुढानिलकण्ठ मन्दिरको परिसरमा रहेको बेद विद्याआश्रममा सम्पन्न कार्यक्रममा उक्त विद्याआश्रमका ४८ जना बटुकहरुलाई पोशाक तथा स्टेशनरी सामाग्री वितरण गरिएको थियो । यसका अतिरिक्त कार्यक्रममा उपस्थित डिस्ट्रिक्टका पदाधिकारी लगायत क्लबका लायन ब्यक्तिक्त्वहरुलाई सम्मान गरिएको थियो ।

नवनिर्वाचित अध्यक्ष शर्माले वेदआश्रमका वेदाचार्य प्रकाश रुपाखेतीसंगको सहकार्यले उक्त कार्यक्रम थप सफल भएको भन्दै धन्यवाद व्यक्त गरी आफ्नो कार्यकालमा सबैको साथ, सहयोगको अपेक्षा गरेको बताएका थिए ।

More News last news
Loading...