काठमाडौं । नेपाल जेसीज बर्ष २०२५ को ‘नेशनल TOYN कमिटी’ को अध्यक्ष पदमा जेसी खगेन्द्र भण्डारी मनोनित भएका छन् ।
नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष रजनी थापाले स्याङ्जाको गल्याङ जेसीज बर्ष २०२४ का अध्यक्ष समेत रहेका भण्डारीलाई नेपाल जेसीजको विधान परिच्छेद ८ को धारा ८.४ बमोजिम उक्त पदमा मनोनित गरेकी हुन् ।
नेपाल जेसीजमा लोकप्रिय छवि बनाएका भण्डारी गल्याङ जेसीजको सस्थापक शाखा निर्देशक, उपाध्यक्ष, महासचिव, कानुनी सल्लाहकार कार्यकारिणी उपाध्यक्ष हुँदै बर्ष २०२४ को शाखा अध्यक्ष समेत रहेका छन् ।
उनी गल्याङ नगरपालिकाको रोजगार संयोजक अधिकृत छैटौं पदमा कार्यरत समेत रहेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
