पत्रकार भीम लामा ‘युवा पत्रकारिता सम्मान २०८१’ बाट सम्मानित

काठमाडौँ । पत्रकार भीम बहादुर लामा इष्टपोल युवा पत्रकारिता सम्मान २०८१ बाट सम्मानित भएका छन् । काठमाडौँको एक विद्यालयले प्रारम्भ खबरका सम्पादक तथा आदिवासी जनजाति पत्रकार महासंघ काठमाडौँको अध्यक्षसमेत रहेका लामालाई निष्पक्ष र खोजमुलक समाचारको माध्यमबाट आम नागरिकलाई सूसुचित गर्दै नेपाली पत्रकारिता, सामाजिक परिवर्तन एवं शैक्षिक उन्नतिका लागि अतुलनीय योगदान पुर्याएको भन्दै पत्रकारिता सम्मान गरेको हो ।

गोकर्णेश्वरस्थित इस्टपोल माविले ३०औँ स्थापना दिवसको अवसर पारेर पत्रकारिता र खेल क्षेत्र मार्फत समाजमा योगदान पुर्याएको भन्दै लामासहित दुइ पत्रकार र विभिन्न विद्याका आठ प्रशिक्षकहरू सम्मानित भएका हुन् ।

Advertisement

काभ्रेको रोशीमा जन्माएर काठमाडौँलाई कर्मभूमी बनाएका लामा बिगत १५ वर्षदेखि पत्रकारितामा सक्रिय छन् । माछापुच्छ्रे पोष्ट साप्ताहिकबाट मिडिया कर्ममा होमिएका लामाले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरिरहेका छन् ।

More News last news
Loading...