बेलगाम ‘सामाजिक अभियन्ता’, आशिका तामाङमाथि अनुसन्धान हुँदै

काठमाडाैं | सिर्जनशील भई समाजलाई सकारात्मक दिशामा अग्रसर बनाउन विभिन्न गतिविधिमार्फत असल कामहरू भइरहेका उदाहरण प्रशस्तै छन् ।समाजसँगै देशलाई सत्मार्गमा अघि बढाउन गरिएको त्याग, समर्पणसहित दत्तचित्त र निःस्वार्थ भावले अहोरात्र खटिनुहुने सन्दुक रुइत, महावीर पुन, भगवान कोइराला, अनुराधा कोइराला, पुष्पा बस्नेत जस्ता नेपालीले विश्व छवि बनाएका छन् ।

सकारात्मक प्रयासबाट समाज परिवर्तनमा खेलेको भूमिकाकै कारण दशकौँअघि मृत्युवरण गरेका कतिपय व्यक्तिका सुन्दर कहानी नयाँ पुस्ताले प्रेरणाका रूपमा लिन्छन् । विश्वजगत्ले यस्ता व्यक्तिलाई असल ‘नायक’ का रूपमा आदरपूर्वक सम्मान गरी सामाजिक अभियन्ताको उपाधि दिने गरेका छन् ।

Advertisement

तर, पछिल्लो समय समाजसेवा र सामाजिक अभियन्ताको आवरणमा आफ्नै प्रचारबाजी गर्ने र त्यसैको आवरणमा आफ्नो अभीष्ट पूरा गर्ने क्रम बढ्दो छ । आफूलाई सामाजिक अभियन्ता स्वघोषणा गर्नेका गतिविधिले कानुनी राज्यको धज्जी मात्र उडाएको छैन, गलत सूचनाको सन्देशमार्फत सामाजिक सद्भाव नै खलबलिने खतरा बढ्दो छ ।

गत पुस २५ गते हिन्दुहरूको पवित्र तीर्थस्थल पशुपति मन्दिरपरिसरमा यस्तै घटना दोहोरियो । आफूलाई सामाजिक अभियन्ताका रूपमा प्रचार गर्ने आशिका तामाङ केही युवालाई लिएर पशुपति मन्दिरपरिसरमा पुगी पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, कर्मचारी तथा सुरक्षार्थ खटिएका प्रहरीमाथि अपशब्द प्रयोग गरी अभद्र रूपमा प्रस्तुत भइन् । मन्दिर र विकास कोषको सुरक्षार्थ तैनाथ कर्मचारीका अनुसार तामाङ केही कामदारको माग लिएर कोषको कार्यालयमा प्रवेश गर्दै अभद्र रूपमा प्रस्तुत भएकी थिइन् ।

यो घटानापछि पीडित कोषका कर्मचारी र सुरक्षाकर्मीको जाहेरीपछि प्रहरीले तामाङलाई बुधबार पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । गोरखापत्रमा खबर छ ।

More News last news
Loading...