काठमाडाैं | काठमाडौंको ठमेलबाट अपहरित एकजना चिनियाँ नागरिकलाई प्रहरीले उद्धार गरेको छ । उनलाई मकवानपुरको भीमफेदीबाट उद्धार गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए। प्रहरीले उद्दार गरिएकाका व्यक्तिको नाम खुलाएको छैन ।
एसएसपी भट्टराईका अनुसार अपहरणमा परेका चिनियाँ नागरिकलाई गाडीमा हालेर लैजाँदै गरेको अवस्थामा उद्धार गरिएको हो। अपहरणमा संलग्न रहेको आशंका प्रहरीले चार जना भारतीय नागिरकलाई पक्राउ गरेको छ ।
मंगलबार ठमेलबाट एकजना चिनियाँ नागरिकलाई अपहरण गरिएको भन्दै खबर आएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान थालेको थियो । प्रारम्भिक जाँचका क्रममा अपहरण चिनियाँ नागरिकलाई भारततर्फ लैजान खोजिएजस्तो देखिएको उनले बताए। घटनाबारे थप अनुसन्धान भैरहेको उनको भनाइ छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
