गीतकार अनिल खनालको नयाँ गीत ‘बिनास्वादै’ बजारमा (भिडियोसहित)

काठमाडौँ । नयाँ पुस्ताका लोकप्रिय गीतकार अनिल खनालको नयाँ गीत ‘बिनास्वादै’ बजारमा आएको छ। लोकदोहोरी, आधुनिक, फिल्मसहित विभिन्न विधामा कलम चलाउँदै आएका युवा गीतकार खनालको अर्को गीत ‘बिनास्वदै’ डिजिटल प्लेटफर्म Ramchandra Chand मार्फत सार्बजनिक भएको हो ।

खनालले शब्द कोरेको गीतमा रामचन्द्र चन्दको संगीत र स्वर रहेको गीत गोविन्द अनेकले एरेन्ज गरेका हुन् । निर्देशक राज केसीले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा रामचन्द्र चन्द, संरचना ठकुरी, रञ्जु ठकुरी, दूर्गा प्रसाद खरेल, प्रकाश बास्कोटा, संगीता बास्कोटा, श्याम बास्कोटा लगाएतको अभिनय रहेको छ ।

 

Advertisement

More News last news
Loading...