मुगु । मुगु जिल्लाको लुमा आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान ८:०३ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (NEMRC) का अनुसार यो स्थानीय मापन (ML) गरिएको भूकम्प हो।
हालसम्म कुनै क्षति वा मानवीय क्षतिको जानकारी प्राप्त भएको छैन। भूकम्पको झट्का नजिकका क्षेत्रहरूमा महसुस गरिएको थियो, जसले गर्दा स्थानीयहरूमा सामान्य त्रास फैलिएकाे थियाे ।
नेपालकाे दुर्गम पश्चिमी भागमा पर्ने मुगु जिल्ला भूकम्पीय रूपमा संवेदनशील क्षेत्र मानिन्छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पको प्रभावबारे थप अध्ययन जारी राखेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
