काठमाडौँ । नयाँपुस्ता डटकममा सहसम्पादक एवं लेखक गोविन्द मरासिनी जुनियर च्याम्बर इन्टरनेसनल नेपाल (जेसीज) ‘उत्कृष्ट युवा पुरस्कार–२०२४’ बाट सम्मानित भएका छन्। मुलतः युवा, पर्यटन, सामाजिक, कला र समसामयिक विषयमा अनुसन्धानात्म लेख लेख्दै आएका मरासिनीलाई पत्रकारिता र लेखनमार्फत पुर्याएको योगदानको कदर स्वरूप उक्त पुरस्कारबाट सम्मानित गरिएको हो।
इटहरीमा आजबाट सुरू भएको जेसीजको ५१ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा मरासिनीलाई प्रधानमन्त्री केपी शर्मा ओली, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मकुमार कार्की र नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रबिन कुमार पोखरेलले सम्मानित गरेका हुन् ।
मरासिनीलगायत अन्य विभिन्न विधाका युवाहरूलाई सम्मानित गरिएको थियो । जेसीजले हरेक वर्ष उत्कृष्ट योगदान पुर्याउने १० युवालाई उत्कृष्ट युवा पुरस्कारबाट पुरस्कृत गर्दै आएको छ ।
करिब डेढ दशकदेखि पत्रकारितामा क्रियाशिल मरासिनी यसअघि संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन पुरस्कार, गण्डकी प्रदेश युवा प्रतिभा पुरस्कार, टान पत्रकारिता पुरस्कार जस्ता दर्शनबढी पुरस्कारबाट सम्मानित भइसकेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
