देशभरको मौसम सफा, आज पहाडी भेगका केही ठाउँमा भने पानी पर्ने

काठमाण्डौ । यतिबेला काठमाण्डौ उपत्यकासहित देशभरको मौसम सफा छ । तर देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसको प्रभावले कोशी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । आज कोशी प्रदेश लगायत देशका पहाडी भूभागका एक–दुई ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Advertisement

पहाडका केही ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

More News last news
Loading...