साफ महिला च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध नेपालको गोल वर्षा

काठमाडौँ । साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा नेपालले माल्दिभ्सविरुद्ध गोल वर्षा गरेको छ ।

दशरथ रङ्गशालामा सोमबार साँझ भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलले हरायो । एकपक्षीय खेलमा नेपाललाई जिताउन रेखा पौडेलले पाँच, प्रीति राईले तीन तथा सवीता रानामगर, अनिता केसी र अमिशा कार्कीले एक एक गोल गर्नुभयो ।

Advertisement

जिवतसँगै दुई खेलबाट चार अङ्क बनाएको नेपाल समूहको शीर्षस्थानमा उक्लिएको छ । नेपाल समूहको पहिलो खेलमा भुटानसँग १–१ गोलको बरबरीमा रोकिएको थियो । समान चार अङ्क बनाएको भुटान दोस्रो स्थानमा छ ।

सोमबार नै भएको खेलमा भुटानले श्रीलङ्कालाई ४–१ गोलले हराएको थियो । दुई खेलबाट तीन अङ्क बनाएको श्रीलङ्का तेस्रो स्थानमा छ । लगातार दोस्रो हार खेपेको माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ ।

अब अन्तिम खेलमा नेपालले श्रीलङ्कासँग बराबरी गरेपनि सेमिफाइनलमा प्रवेश गर्नेछ । समूह विजेताको लागि भुटानको नतिजा पर्खनु पर्ने हुन्छ ।

More News last news
Loading...