काठमाडौँमा मात्रै वर्षा र बाढीबाट २१ जनाको मृत्यु

काठमाडौँ । बिहीबार देखिको लगातारको अविरल वर्षाबाट काठमाडौँ उपत्यकामा मात्रै २१ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार काठमाडौँमा ९ जना, ललितपुरमा ९ जना र भक्तपुरमा ३ जनाको मृत्यु भएको हो।

उनीहरूको बाढी, पहिरो र घर भत्किँदा निधन भएको हो। काठमाडौँमा ४ जना बेपत्ता भएका छन्। बाढी पहिरोमा परी हराइरहेकाहरूको खोजी भइरहेको काठमाडौँ प्रहरीले जनाएको छ । यता भक्तपुरमा तीन जनाको मृत्यु भएको छ भने ललितपुरमा ९ जनाको मृत्यु भएको छ।

Advertisement

ललितपुरबाट २ जनालाई हेलिकप्टर र २ सय ८१ जनालाई सुरक्षाकर्मीहरूले उद्धार गरेका छन् । धनकुटामा २ जनाको मृत्यु र २ जना बेपत्ता भएका छन् । पाँचथरमा २ जनाको मृत्यु भएको छ भने काभ्रेमा ३ जना, धादिङमा १ जनाको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ।

More News last news
Loading...