काठमाडौं । विगत ९ वर्षदेखि ग्राहकहरुलाई सेवा दिँदै आएको च्वास्स झोल मःमः ले आफ्नो ४९ औँ सेवा केन्द्र ललितपुरको ढोलाहिटीमा सञ्चालनमा ल्याएको छ । बुधबारबाट औपचारिक रुपमा च्वास्स झोल मःमः को ४९ औँ सेवा केन्द्र ललितपुरको ढोलाहिटी (कान्ति लोक मार्ग) मा सञ्चालनमा आएको हो ।
नेपाली मौलिक स्वादको खाद्य परिकारलाई नमूना व्यवसायको रुपमा सञ्चालनमा ल्याएका युवा उद्यमी नवराज ढकालले च्वास्स झोल मःमः को गुणस्तर र स्वादमा कुनै कम्परमाइज नगरिने बताए । नेपाली युवालाई स्देशमा नै रोजगारको अवसर सृजना गर्न आफूले यो प्रयास गरेको बताउने ढकालले प्रत्यक्ष र अप्रत्यक्ष गरी ६०० बढि व्यक्तिलाई रोजगारी दिएका छन् ।
विदेशमा ‘म्याक डोनाल्स’ नामक चेन कम्पनीमा काम सिकेर नेपालमा त्यस्तै व्यवसाय सञ्चालनमा ल्याएका ढकाल च्वास्स झोल मःमः का शाखाहरु काठमाडौं उपत्यकाका विभिन्न व्यस्त बजार क्षेत्रहरुका साथै झापाको दमक बजारमा र दुवईमा समेत रहेको बताउँछन्।
२ किलोमिटर दुरी टाढा मात्रै अर्को सेवा केन्द्र सञ्चालन गर्न सकिने प्रावधान अपनाएको च्वास्स झोल मःमः बिक्री तथा सेवा केन्द्र सञ्चालन गर्न चाहने ब्यक्तिलाई स्वीकार गरी सेवा केन्द्र सञ्चालनका लागि सम्झौता गर्न सकिने ढकालले बताए।
पसलको लागि चाहिने किमा, अचार, पिठोलगायत सबै प्रकारका उपकरण, भाँडा कुँडा, सजावट, पसलका लागि चाहिने सीपयुक्त सबै प्रकारका जनशक्ति उपलब्ध गराउने र लोगो समेत व्यवस्थित गर्ने काम कम्पनी आफैंले गरिदिने भएकोले पसल सञ्चालन गर्न इच्छुक ब्यक्तिले इच्छा शक्ति मात्रै बनाएर लगानी गर्ने सोच राख्न सक्ने पनि सञ्चालक ढकालको भनाई छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
