काठमाडौं । आज भदौ २० गते देशका विभिन्न स्थानबाट ४ जनाको मृतावस्थामा शव फेला परेको छ । आज डोटी, उदयपुर, दार्चुला र काठमाडौँमा गरी ४ जनाको शव फेला परेको हो । डोटी, दिपायल सिलगढी नगरपालिका-६ सिलगढी बस्ने ७५ वर्षीय कालु सिंह बिष्ट उनकै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
उदयपुर, कटारी नगरपालिका-१० सोरूङछबिसेस्थित किराना पसल संचालन गरी बस्ने ३७ वर्षीया निर्मला थापा र उनको छोरा ६ वर्षीय आरूष थापा सोही पसलको सुत्ने कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
दार्चुला, मार्मा गाउँपालिका-३ बिटुले डेरा गरी बस्ने बैतडी डिलासैनी गाउँपालिका-१ धापलाका ४२ वर्षीय सन्जु बोहरा सोही ठाउँस्थित पानीको धारामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं, गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित बागमती खोलाको बोक्से दहमा हाल नाम, थर, वतन नखुलेकी करिब ३५ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
