८ वटा सहकारीमा आबद्ध कलाकार ‘सिते बा’सँग संसदीय समितिले लियो बयान

काठमाडाैं । कलाकार ‘सिते बा’ भनिने काभ्रेका मधुसुदन पाठकसँग शनिबार संसदीय समितिले बयान लिएको छ । सूर्य थापा नेतृत्वको ‘सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति’ले उनीसँग बयान लिएको हो ।

विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको वचत दुरुपयोगमा संलग्न आरोपीमध्ये उनीसँग बयान लिइएको थापाले जानकारी दिए ।

Advertisement

पाठक ज्येष्ठ वचत तथा ऋण सहकारी संस्थाका सचिव हुनुका साथै अन्य ८ वटा सहकारी संस्थाहरूसँग समेत आबद्ध छन् । उनलाई समितिको बैठकमा बोलाएर ठगीसँग सम्बन्धित विषयमा बयान लिइएको बताइएको छ ।

कुमार कट्टेल र अर्जुन घिमिरेको टेलिश्रृङ्खला ‘सक्किगो नि’मा ‘सिते बा’ को भूमिकामा खेलेर चर्चा कमाएका उनी गत निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ५ बाट उम्मेदवार समेत बनेका थिए । पछिल्लो समय सहकारी ठगीमा मुछिएपछि उनी सो टेलिश्रृङ्खलामा देखिएका छैनन् ।

More News last news
Loading...