काठमाडौँ । यस बर्षको ‘प्रा.डा. शान्ता थपलिया सशक्तिकरण सम्मान’ मानव अधिकारकर्मी साबित्रा घिमिरेलाई प्रदान गरिएको छ। सुदुरपश्चिम प्रदेश, धनगढी स्थित दलित महिला अधिकार मन्चको अध्यक्ष घिमिरेले समाजमा जातिय र लैंगिक हिंसाको विरुद्ध बिभिन्न कार्य गरेकी छन्।
दलित महिला सशक्तिकरण र राज्यका बिभिन्न संरचनामा उनिहरुको प्रतिनिधित्व मार्फत समावेशी शासनको वकालत गर्दै आएकी घिमिरेले अवार्डले आफुलालाई थप जिम्मेवार बनाएको बताइन्।
महिला तथा बालबालिकाको न्यायमा पहुँचका लागि ३८ वर्ष अगाडि स्थापना गरिएको संस्था कानूनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) को स्थापना दिवसको अवसरमा शनिवार आयोजित एक कार्यक्रममा घिमिरेलाई यो सम्मान प्रदान गरिएको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
